|

पर्सा : पर्सा प्रहरी मातहतको प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट ठूलो परिणाममा अवैध लागुऔषध चरेश र गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। साविकको सोनवर्षा गाविस हालको पटेर्वा सुगौली गाउँपालिकाबाट ठूलो परिणाममा अवैध लागुऔषध चरेश र गाँजासहित दुईजना पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाका वीर बहादुर मोक्तान र सूर्यबहादुर स्याङ्गतान रहेको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए। प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई अहिले सदरमुकाम वीरगन्जतर्फ ल्याइँदै गरेकोले विस्तृत केही समयपछि मात्र बताउन सकिने उनको भनाइ छ।

प्रहरीले पक्राउ गरेका मानिसहरुको साथबाट अन्दाजी २२ केजीजति चरेश र ६० केजीभन्दा बढी गाँजा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले थाहा खबरसँग भने। ठोस परिणाम भने २ बजेपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने उनले बताए। बरामद गरिएको लागुऔषधसहित त्यसमा संलग्न दुवैजना मानिसलाई जिल्ला प्रहरी प्रहरी कार्यालय पर्सामा ल्याइँदै गरेको छ प्रहरी उपरीक्षक ढकालले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.