|

लहान : मोटरसाइकल दुर्घटनापछि उपचार गरेर घरमै आराम गरिरहेका शिक्षकलाई थप उपचारका लागि नेपाल सामुदायिक उच्च मावि शिक्षक युनियनले आर्थिक सहयोग गरेको छ।

युनियनले थप उपचारका लागि सघाउन वरिष्ठ उपाध्यक्षसमेत रहेका ५६ वर्षीय शिक्षक बाबुनाथ यादवको लहान ७ स्थित घरमै पुगेर सहयोगस्वरुप बिहीबार अपरान्ह ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो। युनियनका अध्यक्ष ज्ञानप्रसाद भट्टराई, महासचिव प्रल्हाद गौतम, निवर्तमान अध्यक्ष डिल्लीराम सिग्देलसहित केन्द्रीय पदाधिकारी र जिल्लाका अध्यक्षहरुको टोलीले यादवलाई चेक हस्तान्तरण गरेको हो।

सिरहाको गोलबजारस्थित जनता मा.वि.को कक्षा ११ र १२ मा अर्थशास्त्र विषय पढाइरहेका यादव पछिल्लो असार ३० गते जिल्ला सदरमुकाम सिरहा जाने क्रममा सिरहा–चोहर्वा सडक खण्डको गुलरियामा मोटरसाइकल दुर्घटनामा परेका थिए।

दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेका यादव विराटनगस्थित न्यूरो अस्पतालमा शल्यक्रिया गरेपछि करिब अढाई महिनादेखि घरमै आराम गरिरहेका छन्। ‘दुर्घटनापछि यादवको अध्यापन पनि छुटेको र आम्दानीको अन्य स्रोत नभएकाले थप उपचारका लागि आर्थिक सहयोग गरिएको हो’ युनियनका अध्यक्ष भट्टराईले भने।      

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.