|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई धम्की दिएका छन्। रूसबाट एस-४०० सुरक्षा प्रणाली किन्ने सम्झौता गरेर भारतले ठूलो गल्ती गरेको ट्रम्पले बताएका छन्।

भारतले रूससँग सम्झौता गरेर अमेरिकी प्रतिबन्धित कानून उलंघन गरेको भन्दै ट्रम्पले बुधबार भारतले त्यसको परिणाम भोग्नुपर्ने धम्की दिएका छन्।

रूसका राष्ट्रपति भ्लादिभीर पुटिन अघिल्लो हप्ता भारत भ्रमणमा रहेका बेला दुवै देशबीच एस- ४०० मिसाइल सुरक्षा प्रणालीबारे अन्तिम सम्झौता भएको थियो। अमेरिकाले रूसमाथि आर्थिक नाकाबन्दी लगाएको छ। रूससँगको उक्त सम्झौताको नतिजा छिट्टै भारतलाई थाहा हुने ट्रम्पले बताएका छन्। उनले तपाईंहरू पनि छिट्टै थाहा पाउनुहुन्छ भनेर पत्रकारहरूलाई भनेका थिए।

ट्रम्पले नोभेम्बर ४ पछि ईरानबाट तेल आयात गर्ने देशहरूले पनि परिणाम भोग्नुपर्ने भनेका छन्। यसरी अमेरिकाले प्रतिबन्ध लगाएको देश ईरानबाट ४ नोभेम्बरपछि तेल आयात गर्ने देशमा भारत पनि पर्छ। भारतीय रक्षा विज्ञहरूले अमेरिकी प्रतिबन्धको सामना गर्ने अवस्था आउन सक्ने बताएका छन्।

भारतले अमेरिकालाई छुट दिन आग्रह गरेको खबर पनि सार्वजनिक भएको छ। प्रधानमन्त्री मोदीको प्रशासनले ट्रम्पका मन्त्रीहरूसँग कुरा गरेर छुट दिन आग्रह गरेको बताइएको छ।

अमेरिकी प्रतिबन्धसम्बन्धी कानून उलंघन गरेको भन्दै ट्रम्प प्रशासनले चीनका रक्षा कम्पनीहरूमाथि लगाएको छ। त्यसैगरी ट्रम्प प्रशासनले रूस, ईरान र उत्तर कोरियामाथि राजनीतिक प्रतिबन्ध लगाएको छ। यी देशहरूसँग व्यापारीक सम्झौता गर्ने देशमाथि पनि अमेरिकाले प्रतिबन्ध लगाउने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.