|

सिन्धुली : बनेपा-सिन्धुली-बर्दीवास (वीपी) राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ५ रिठ्ठेभिरमा शुक्रबाार दशैँमा घर फर्कने यात्रु लिन मरिणबाट काठमाडौं हिँडेको बस दुर्घटना भएको छ। बस दुर्घटनामा एकजना यात्रुको घट्नास्थलमै मृत्यु भएको छ। अन्य ६ जना गम्भीर घाइते भएका छन्। एकजना अझै हराइरहेको आशंका गरिएको छ।

घाइतेहरूलाई दुर्घटना स्थलमा छरिएको अवस्थामा फेला पारिएको थियो। मृत्य हुनेमा बसमा सवार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ८ का २८ वर्षीय रबी खड्का रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बासुकी यातायातको बस रिठ्ठे भीरबाट सुनकोसी नदीमा खसेको हो। 

काठमाडौँबाट सिन्धुलीको फिक्कल गाउँपालिका ३ खाङ्साङतर्फ आइरहेको ९९ प २५५७ नम्बरको मोटर साइकलसँग मरिणबाट काठमाडौं जाँदै गरेको उक्त बस ठोक्किँदा सुनकोसी नदीमा खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई घटनास्थलबाट उद्धार गरी उपचारका लागी उपचारका लागि काभ्रेको धुलिखेल र काठमाडौंतर्फ पठाइएको प्रहरी उपरीक्षक यादवले जानकारी दिए। मोटरसाइकलका चालक देबेन्द्र विक समेत गम्भीर घाइते भएका छन्। घाइतेहरूको समेत नाम खुली नसकेको प्रहरी जनाएको छ।

बसमा ४ जना यात्रु र ४ जना बसका स्टाफ गरी ८ जना सवार रहेको प्रहरीले जनाएको छ। मृतक बाहेक मोटरसाइकलमा सवारसहित ६ जनालाई मात्र घाइते अवस्थामा उद्धार गरिएकोले अझै १ जना दुर्घटनामा बेपत्ता भएको हुन सक्ने आशंकामा प्रहरी र स्थानीयले खोजी तथा उद्धार जारी राखेका छन्। यसैबीच शुक्रबार बस दुर्घटना भएको स्थान नजिकै आज भन्दा ७ वर्ष अघि आजकै दिन सिन्धुलीबाट काठमाडौंतर्फ गएको यात्रुबाहक बस दुर्घटना हुँदा ४३ जनाको ज्यान गएको थियो।

वीपी राजमार्ग निर्माणाधीन अवस्थामै २०६७ साल असोज २६ गतेका दिन बस दुघृटना हुँदा ४१ जनाका घटना स्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको थियो। त्यसको केही महिना अघि सोही ठाउँमा अर्को बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। सोही स्थानमै शुक्रबार पुनः दुर्घटना भएको हो। उक्तस्थानमा भएका भयानक दुर्घटनामा ५८ जनाको ज्यान गइसकेको छ। बस दुर्घटना भएको स्थान सिन्धुली सदरमुकाममाढीबाट झण्डै ५८ किलोमिटरको दूरीमा पर्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.