|

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल एपिएफ) क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।
 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले अङ्क बाँडेका छन्। 

यस खेलसँगै दुवै टोलीले १÷१ अङ्क जोडेका छन् । खेलमा हिमालयन शेर्पाका आशिष गुरुङ म्यान अफ दि म्याच घोषित भए। सोही मैदानमा आजै हुने दोस्रो खेलमा मनाङ–मस्र्याङ्दी क्लब र ब्रिगेड ब्वाइज भिड्नेछन् । लिगको विजेताले रु ५० लाख तथा उपविजेताले रु ३५ लाख प्राप्त गर्नेछन् । त्यसैगरी तेस्रोले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचाँैले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउनेछ ।

फेयर प्ले टोलीले रु एक लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार र म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.