समाज

सिन्धुली दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो
SHARES

असोज २६, २०७५

    सिन्धुली: बनेपा–सिन्धुली–बर्दीवास (वीपी) राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका –५ रिठ्ठेभिरमा शुक्रवार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा परी गम्भीर घाइते मध्ये दुई जनाको उपचारका क्रममा शुक्रवार नै मृत्यु भएको हो।
    गम्भीर घाइते भएका बस चालक मरिण गाउपालिका –७ सुकेदमारका राज कुमार लामा र उनका भाई अमित लामाको उपचारका क्रममा दुधिलेख अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए। बाँकी ४ जनाको अवस्था पनि गम्भीर रहेको उनको भनाइ छ। 

    दशैंमा घर फर्कने यात्रु लिन मरिणबाट काठमाडौं हिडेको यात्रुबाहक बस सुनकोसी गाउँपालिका –५ रिठ्ठेभिरमा दुर्घटना भएको हो। दुर्घटनामा अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको थियो।

    सुनकोसी गाउँपालिका –८ का करिव २८ वर्षका रबी खड्काको घटनास्थलमै ज्यान गएको थियो।  सिन्धुलीको मरिण गाउपालिकाबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बासुकी यातायातको बस रिठ्ठे भीरबाट सुनकोसी नदीमा खसेको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]