इलाम : सूर्योदय नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गर्दै उच्च अदालत बिराटनगर इलाम इजालसले तत्काल मेची राजमार्गको सडक क्षेत्र बिस्तार नग...

जनकपुरधाम : धनुषाबाट हातहतियारसहित तीन युवालाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको जनकपुरधाम उप-महानगरपालिका १९ पूलचोकस्थित बाउन्न बिघाको कुट्टीबाट हातहतियारसहित तीन युवालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा जनकपुरधाम उप-महानगरपालिका १९ का १८ वर्षीय आशिक मण्डल, सोही ठाउँ बस्ने १९ वर्षीय रिकेश साह र औरही गाउँपालिका ६ चक्कर बस्ने २० वर्षीय रामचन्द्र दास रहेको छ। उनीहरूलाई तास खेल्ने क्रममा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्त सिभिल प्रहरीको टोलीले तीनै जनालाई पक्राउ गरेको हो।
तीनै जनाको साथबाट १ थान नलकटुवा पेस्तोल, थ्री नट, थ्री मा लाग्ने गोली १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।