|

धनुषा : प्रदेश २ को प्रदेशसभाले पारित गरेको विधेयक प्रदेश प्रमुख  रत्नेश्वरलाल कायस्थले प्रमाणिकरण गरेका छन्। विपद् व्यवस्थापन विधेयक, २०७५ लाई प्रदेश २ का कायस्थले शुक्रबार प्रमाणिकरण गरेका हुन्।

प्रमुख कायस्थले यसअघि असोज २४ गते आकस्मिक कोष विधेयक २०७५, असोज २५ गते मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७५ प्रमाणिकरण गरेका थिए। अहिलेसम्म प्रदेश २ मा कुल १३ वटा विधेयकहरू प्रमाणिकरण भइसकेका छन्। यसरी प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका विधेयकहरू ऐन बन्ने प्रक्रियामा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.