|

पर्सा : लागुऔषध मुद्दामा फेरि दुईजना भरिया प्रहरीको फन्दामा परेका छन्। मुख्य योजनाकार र कारोबारी सधैँ उम्किरहे पनि भरिया भने फेरि प्रहरीको फन्दामा परेका हुन्। शुक्रबार पनि लागुऔषध गाँजा र चरेश मकवानपुरबाट बोकेर पर्सामा पुर्‍याउँदा २ जना भरिया पर्सा प्रहरीको फन्दामा परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए।

आठ/नौ जनाको संख्यामा ४८ केजी गाँजाको धुलो र २१ केजी चरेश नेपालको सीमासम्म पुर्‍याउन हिडेका भरियामध्ये मकवानपुर मनोहरीका वीरबहादुर मोक्तान र सूर्यबहादुर स्याङ्गतान पर्सा प्रहरीको नियन्त्रणमा परे। बाँकी अरू भरिया भने प्रहरीलाई देखेर भागेको पर्सा प्रहरीले जनाएको छ।

शुक्रबार प्रहरी नियन्त्रणमा परेका २ भरियासहित गएको ५ महिनामा पर्सामा मात्र अवैध लागुऔषध मुद्दा १०० जना प्रहरीको फन्दामा परेको पर्सा प्रहरीको तथ्यांकले देखाएको छ। बिहीबार रातीसम्म पर्सा प्रहरीको तथ्यांकमा लागुऔषध कारोबारमा संलग्न ९८ जना  अवैध लागुऔषध मुद्दाका अभियुक्तको संख्यामा शुक्रबार बिहान २ जना थपिएपछि पूरै १०० जना भएको प्रहरी उपरीक्षक ढकालको भनाइ छ। 

पर्सा प्रहरी मातहतको प्रहरीले पर्सामा मात्र ४ महिना २६ दिनमा गाँजा मात्र १७६ केजी ६२२ ग्राम बरामद गरेको छ। त्यसै गरी चरेश ५६ केजी ३५ ग्राम, नुर्फिन २ हजार २७ थान, डाइजिपाम २ हजार २६ थान, फेनार्गन १ हजार ६३९ थान, खैरो हिरोइन १ केजी ७५० ग्राम, निट्राभेट ट्याब्लेट २ हजार ७१६ थान, स्पास्मोप्रोक्सिभन २४ थान र विन्सिरेक्स ५५ बोत्तल बरामद गरेको पर्सा प्रहरीको तथ्याँकमा उल्लेख छ। मुद्दा तर्दा मात्र ७१ वटा भएको प्रहरी उपरीक्षक ढकालले बताए। 

यत्रो परिणाम प्रहरीले बरामद गर्दा प्रायः लागु औषधका मुख्य योजनाकार र कारोवारी भने प्रायः फुत्कने गरेको अवस्था छ। कति भरियालाई त कस्को सामान हो भन्ने समेत थाहा नहुने गरेको अनुसन्धानले देखाएको छ। समूहमा हिडेका भरिया मध्ये कुनै एउटालाई जानकारी दिएर बाँकीलाई सामान धनी र भरियाका बीचमा चिनजानसमेत नभएको पनि भेटिएको छ उनले भने।

गएका पाँच महिनाको अन्तरालमा सबैभन्दा बढी साउन महिनामा लागुऔषध बढी बरामद भएको र मानिस पनि त्यहि महिनामा नै बढि प्रहरीलेको फन्दामा परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए। ‘सबैभन्दा दुःखद् पक्ष लागुऔषध र मानिस पक्राउ नपरेको कुनै महिना खाली छैन’ उनले भने।

गएको साउनमा मात्र लागुऔषध मुद्दामा २८ जना मानिस कानुनको फन्दामा फेसे। सामान पनि साउनमा नै बढी बरामद भएको छ। गाँजा मात्र ६६ केजी ३०० ग्राम त साउन महिनामा नै प्रहरीले फेला पारेको हो प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक थापाले भने। असोज महिनामा १२ जना, असार महिनामा १५ जना, जेठमा २१ जना, भदौमा २४ जना गरी कुल १०० जना पुगेको पर्सा प्रहरीको तथ्यांकमा जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.