काठमाडौं : नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया पूर्वी क्षेत्रीय खेलमा नेपाल अपराजित यात्रा कायम गर्दै प्रतियोगिताको च्याम्पियन बनेको छ।
मलेसियाको बायुमास ओभलमा शुक्रबार सिंगापुर विरुद्धको अन्तिम खेल वर्षाका कारण अवरुद्ध बनेको थियो। जससँगै नेपाल र सिंगापुरले १–१ अंक बाडेको हो । प्रतियोगितामा नेपाल र सिंगापुर दुवै टिम अपराजित रहेका छन्।
नेपालले म्यानमार र मलेसियालाई समान ८–८ विकेट ले पराजित गर्यो। यस्तै नेपालले भुटानलाई १ सय १७ रन र थाइल्यान्डलाई १ सय ४० ले हराएको थियो। लगातार जित निकाल्ने क्रममा नेपालले चीनलाई १० विकेटले हराएको थियो। सिंगापुर र नेपालको समान अंक रहेपनि रनरेटका आधारमा नेपालले उपाधि कब्जा गरेको हो।
अन्तिम खेलमा सिंगापुरले दिएको ८२ रनको लक्ष्य पाएको नेपालले खेलको सुरूवात मै वाइड पाएको थियो। तर दोस्रो बलमा ओपनर अनिलकुमार साह शून्य रनमा आउट भए। विनोद भण्डारीलाई साथ दिन कप्तान पारस खड्का मैदान छिरे। लगत्तै पानी पर्न थालेको थियो। नेपालले ३ बल खेलेर १ रनमा १ विकेट गुमाएको स्थितिमा खेल रोकिएको थियो।
सिंगापु्रले नेपाललाई ८१ रनको झिनो लक्ष्य दिएको थियो। सिंगापुरलाई सस्तो रनमा समेट्न सन्दीप लामिछानेले ४, करण केसी र सोमपाल कामीले २/२ विकेट लिन सफल भए। ललितनारायण राजवंशी र बसन्त रेग्मीले १/१ विकेट लिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।