|

काठमाडौं : नेपालीहरूको महान् चाड दशैँ र तिहारको अवसर पारेर ‘नुविया स्मार्ट फोन’ले ग्राहकका लागि ‘दशैँ दक्षिणा’ नामक विशेष अफर ल्याएको छ। 
नेपालका लागि नुविया स्मार्ट फोनको आधिकारिक बिक्रेता आइटिपी नेपाल प्रालिले असोज २४ देखि कार्तिक ३० सम्म लागू हुनेगरी दशैँ दक्षिणा अफर ल्याएको हो। यस अफरअन्तर्गत नुवियाका प्रत्येक फोनको खरिदमा क्यासब्याक दिनुका साथै एउटा ‘इयर हेडफोन’ प्रदान गरिने जनाइएको छ। 

‘दशैँ दक्षिणा’ अफरअन्तर्गत ४ जिबी र्‍याम, ३२ जिबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिक्सेल सेल्फी क्यामरा भएको एम२ लाइट फोनको मूल्य १८ हजार ७९५ रुपैयाँ कायम गरिएको छ। यसअघि यो फोन १९ हजार ९९९ रुपैयाँमा बिक्री हुँदै आएको थियो। यसैगरी ४ जिबी र्‍याम, ६४ जिबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिक्सेल सेल्फी क्यामरा जडित एन२ फोन एक हजार ७०४ रुपैयाँ क्यासब्याक दिएर २३ हजार १९५ रुपैयाँमा उपलब्ध गराइएको छ। यसअघि यो फोनको मूल्य २४ हजार ८९९ रुपैयाँ कायम थियो। 

त्यस्तै, ४ जिबी र्‍याम, ६४ जिबी रोम, १३ मेगा पिक्सेल ड्युअल रियर र १६ मेगा पिक्सेलको सेल्फी क्यामरा भएको जेड१७ मिनी मोडलको स्मार्ट फोन खरिदमा ग्राहकलाई एक हजार चार रुपैयाँ क्यासब्याक दिइएको छ। यसको वर्तमान मूल्य २८ हजार ९९५ रुपैयाँ कायम गरिएको छ भने यसअघि २९ हजार ९९९ रुपैयाँमा बिक्री हुँदै आएको थियो। ६ जिबी र्‍याम, ६४ जिबी रोम, १३ मेगा पिक्सेल ड्युअल रियर र १६ र ५ मेगा पिक्सेल क्यामरा भएको जेड१७ मिनिजी स्मार्ट फोनको मूल्य ३२ हजार ९९५ रुपैयाँ कायम गरिएको छ, जबकि यो फोन ३७ हजार ४९९ रुपैयाँमा बिक्री हुँदै आएको थियो। यसमा ग्राहकलाई चार हजार ५०४ रुपैयाँ क्यासब्याक दिइएको छ। 

यसैगरी दशैँको अवसर पारेर हालै मात्र नेपाली बजारमा ल्याइएको ६ जिबी र्‍याम, ६४ जिबी रोम, १३ एमपी र २ एमपी ड्युअल क्यामरा एवं १६ मेगा पिक्सेलको सेल्फी क्यामरा जडित जेड१७ लाइट फोन ३१ हजार ९९५ रुपैयाँमा उपलब्ध गराइएको आइटिपी नेपालले जनाएको छ। अब केही दिनभित्रै नुवियाको भी१८ मोडल पनि नेपाली बजारमा सार्वजनिक गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.