|

सप्तरी : छिमेकी हत्याको आरोपमा २० वर्षपछि सप्तरीमा एक वृद्ध पक्राउ परेका छन्। 

खड्ग नगरपालिका-११ बनौलीका ७५ वर्षीय पञ्चु मण्डललाई १९ वर्षपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ। मण्डलमाथि  छिमेकी जदु मण्डलकाे २०५६ वैशाख २९ गते हत्या गरेको आरोप छ। मृतककी श्रीमतीले इलाका प्रहरी कार्यालय कल्याणपुरमा २०५६ वैशाख ३० गते कर्तव्य ज्यानको उजुरी दर्ता गरेकी थिइन्। 

मृतक जदु र आरोपित पञ्चुकी श्रीमतीबीच विवाद भएपछि झगडा भएकाे थियाे। दुवैकाे झगडामा आरोपित पञ्चुले घाँटी थिचेर पेटमा प्रहार गर्दा मृत्यु भएको मृतककी श्रीमतीले बताइन्।

आरोपितले भने जदुले आफूमाथि प्रहार गर्न खोज्दा उनले नै बोकेर ल्याएको फलामको कलको हेडले लागेर मृत्यु भएको बताएकाछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.