|

काठमाडौं : दसैंले गर्दा सुनसानप्रायः सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा आउने–जाने क्रम फाट्टफुट्ट मात्र थियो। अन्नपूर्ण पोस्ट दैनिकका अनुसार काठमाडौं निर्वाचन क्षेत्र ७ का सांसद रामवीर मानन्धर बिहीबार अपराह्न १ बजेतिर कार्यालय आइपुग्दा माहोल बेग्लै बन्यो।

पार्टीका सांसद र कार्यकर्ताको घेरामा परेका उनीमाथि प्रश्नको ओइरो लाग्यो। ‘पार्टीले टिकट दिएको हो, पार्टीले भनेपछि जसले पनि पद छाड्नुपर्छ’, उनले झर्को मान्दै जवाफ दिए। अधिकांशले ‘पार्टीमा सल्लाह नै नभई कसरी राजीनामा दिनुभयो त? ’ भन्ने प्रश्न तेर्स्याए। उनी यो प्रश्नको जवाफ दिनबाट तर्किंदै थिए। उनी केही बेरमै दलको कार्यालयबाट निस्किए।

नेता वामदेव गौतमका लागि सांसद पदबाट राजीनामा दिएको पत्र अध्यक्ष पुष्पकमल दाहालमार्फत पार्टीमा बुझाएपछि उनी चर्चामा छन्। पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग सल्लाह नगरी उनले राजीनामापत्र बुझाएपछि शीर्ष नेता नै आश्चर्यमा परेका छन्।

उनको निर्वाचन क्षेत्रका नेता÷कार्यकर्ताले यो कदमप्रति जिज्ञासा राख्दै आक्रोश जनाएका छन्। राजीनामा दिने चर्चा सुनेदेखि नै कार्यकर्ताले उनलाई निरन्तर फोन गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.