|
फाइल फोटो

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको वडा नं. १, २, ३ र १२ को जंगली हात्ती प्रभावित क्षेत्रमा सुरक्षाकर्मी खटाइने भएको छ। एक सातादेखि हात्तीले उपद्रो मच्चाउँदै आएको उक्त क्षेत्रमा सुरक्षाकर्मीको टोली खटाउने निर्णय जिल्ला सुरक्षा समितिले गरेको छ।

हात्ती भगाउनका लागि पटाका, ट्रयाक्टरसहित वन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गर्ने निर्णय भएको बैठकमा सहभागी सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खडकाले जानकारी दिए। उनले भने, ‘आवश्यकताका आधारमा सुरक्षार्मीले हवाईफायर गर्ने निर्णय समेत गरिएको छ।’

भारतीय दुधुवा नेशनल पार्कबाट दुई साताअघि २८ वटा जंगली हात्ती नेपालीमा भित्रिएको छ। हात्तीले स्थानीय बासिन्दाका सात वटा घर भत्काउनुका साथै घरभित्र राखेको अन्न सबै नाश गरिदिएको छ। घर भत्काएका परिवार आफन्तको घरमा बस्न बाध्य भएका धनवीर सार्कीले बताए। मजदुरी गरेर ल्याएको अन्न समेत हात्तीले खाएपछि परिवार बिहान बेलुकी खान नै नभएको उनको गुनासो छ।

यस्तै, २० बिघाभन्दा बढी क्षेत्रफलमा पाकेको धानबाली खाएर र खुट्टाले कुल्चेर नाश गरेको छ। सिद्ध बैजनाथ माध्यमिक विद्यालयको पर्खाल समेत हात्तीको समहूहले भत्काएको छ। राति हात्ती खेत र बस्तीमा छिर्न थालेपछि स्थानीय बासिन्दा रात भर जाग्राम बस्न थालेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.