|

काठमाडौ‌ : पशुसेवा विभागले पशुसेवा ऐन २०५५, नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ पालना गर्न व्यवसायीसँग आग्रह गरेको छ। 

सो मापदण्डमा पशुपक्षी ढुवानी गर्दा उनीहरुलाई याताना हुनेगरी नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाध्ने, क्षमताभन्दा बढी पशु राख्ने, साना तथा ठूला पशुलाई एकै ठाउँमा राखी ढुवानी गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ। 

रोगी तथा घाइते वा मरेका पशुलाई व्यावसायिक प्रयोजनका लागि ढुवानी गर्न नहुने, ढुवानी गर्दा मरेका पशुपक्षीलाई निसंक्रमणको विधि अपनाइ गहिरो खाडलमा व्यवस्थापन गर्नुपर्ने प्रावधान पनि मापदण्डमा उल्लेख छ। 

विभागद्वारा शुक्रबार जारी विज्ञप्तिमा पशुपक्षीलाई यात्रुबाहक सार्वजनिक सवारीका साधनका छत वा डिकीभित्र राखी ढुवानी नगर्न पनि सबैसित आग्रह गरिएको छ। यस्ता कार्य गरिए तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने प्रावधान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.