|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका १२ बसन्तपुरमा शनिबार बिहान जंगली हात्तीको आक्रमणमा परेर ४० वर्षीय कमल साउद घाइते भएका छन्। 

धानबाली खान खेतवारीमा बिहान तीन बजे छिरेको हात्तीको झुण्ड भगाउने क्रममा हात्तीले साउद माथि आक्रमण गरी घाइते बनाएको १२  वडाका सदस्य वचन रानाले बताए। हात्तीले साउदलाई सुँडबाट उठाएर फाले पछि बायाँ हात भाचिएको छ।

सुदुरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खडकाको पहलमा साउदलाई एम्बुलेन्स मार्फत उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ।  हात्तीले धानबाली खाने, घर भत्काउने र स्थानिय माथि आक्रमण गर्न थालेपछि यस क्षेत्रको जनजीवन त्रसित बनेको छ। यसैगरी, हात्तीको अर्को झुण्डले नगरपालीकाको ३ मा गएराति स्थानिय किसानले लगाएको धानबाली खाएर नोक्सानी गरेको छ। अहिल सम्म हात्तीले नगरपालीका क्षेत्रका आधा दर्जन बासिन्दाका घर भत्काएको छ। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको जिल्ला शुरक्षा समितिको बैठकले हात्तीले आतंक मच्चाएका क्षेत्रमा शुरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत गरको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.