|

जनकपुरधाम : जनकपुर अञ्चल अस्पताल परिसरमा वर्षौ देखि सञ्चालनमा रहेको नीजि फार्मेसी (औषधी पसल) मा  प्रशासनले सिल गरेको छ।

जनकपुर अञ्चल अस्पताले आफनै फार्मेसी सेवा सञ्चालन गरेपछि निजी फार्मेसी बन्द गर्न अस्पताल प्रशासनले पटक–पटक ताकेता गर्दा पनि अटेर गरेको फर्मेसी सिल गरिएको हो। अञ्चल अस्पताल विकास समिति अन्र्तगतको भवनमा वर्षौ वर्षदेखि सञ्चालित फार्मेसी बन्द गर्न अस्पताल प्रशासनले पटक–पटक पत्राचार गर्दा तथा घर भाँडा समेत नतिरी अटेर गर्दै आएको फार्मेसीहरुमा शुक्रवार साँझ सिलबन्दी गरिएको थियो। अस्पतालको निर्देशन अटेरी गर्ने आशुतोष विल्डर्सको मेडिकल फार्मेसी शुक्रबार सिल गरिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट रामपरीक्षण यादवले बताए।

अस्पतालको आफ्नै फर्मेसी सञ्चालनमा आएपछि स्वास्थ्य मन्त्रालय र मध्यमाञ्चल क्षेत्रिय स्वास्थ्य सेवा निर्देशनालयको निर्देशन अनुसार पटक–पटक ताकेता गर्दा पनि फार्मेसी बन्द गर्न नमानेपछि शुक्रबार सिल गरिएको यादवले बताए। सिल गरिएको आशुतोष विल्डर्सको मेडिकलले अस्पताललाई १९ लाख भन्दा बढी भाँडा बुझाउन बाकी रहेको छ। अञ्चल अस्पताल विकास समितिले ०७४ भदौ १४ गते परिसर भित्र रहेको निजि फार्मेसी बन्द गर्ने निर्णय गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.