|

संखुवासभा : भोजपुरको षडानन्द नगरपालिका २ कुदककाउलेमा दुई करोड बढीको रुद्राक्ष  लुटिएको छ। रातको समयमा १५ देखि २० जनाको समूहले हेरालुलाई हतियार देखाएर नियन्त्रणमा लिई षडानन्द नगरपालिकाका प्रमुख बीरबल राई र हिमाल तामाङको रुद्राक्ष लुटिएकाे हाे।

एउटा बोट लाखौं मूल्यमा किनबेच हुने रुद्राक्षलाई कृषकले चिचिला लागेदेखि नै रुखको फेदमा दिन रात बसेर सुरक्षा गर्ने गरेका छन्। हेरालु स्थानीय कुवेर राई र ओमकार राईलाई  समूहले नियन्त्रणमा लिई चोरी गरेको नगर प्रमु राईले बताए। अज्ञात समूहले बगानमा पसेर रुद्राक्षको बोटको सबै हाँगा काटेर चोरी गरेका हुन्। अज्ञात समूहले बगानका प्रतिबोट एक लाखका दरले जाने सबै बोटका हाँगा काटेर चोरी भएको षडानन्द नगरपालिका प्रमुख राईले जानकारी दिए। 

अज्ञात समूले हेरालुलाई कुटपिट गर्दै कुवेर र ओेमकारको साथबाट मोबाइल फोन, टर्च लाइटसहित लगेका छन्। इलाका प्रहरी कार्यालय दिङलाबाट सहीको कमान्डमा ८ जना घटनास्थल खटाइ सकिएको इलाका प्रहरी दिङलाका प्रहरी निरीक्षक सन्जिव ओलीले जानकारी दिए। चोरी गर्ने समूहको खोजी गर्ने जिल्लाका सबै नाकामा प्रहरी परिचालन गरी खोजी कार्य तीब्र पारिएको निरीक्षक ओलीले बताए। 

रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुर र संखुवासभा जिल्लामा पछिल्लो समय रुद्राक्ष खरिद गर्ने चिनिया नागरिकहरु कृषकका बगानमै पुग्ने भएकाले कृृषकले रुद्राक्षबाट लाखौं आम्दानी गर्ने गरेका छन्। अन्य व्यवसायभन्दा रुद्राक्षको व्यापार राम्रो र छोटो समयमा धेरै आम्दानी दिने भएकाले धेरै युवा आकर्षित भएका छन्।

भोजपुर र संखुवासभा जिल्लामा रुद्राक्षको व्यापार खेतीपाती अन्य रोजगारी भन्दा राम्रो आम्दानीको स्रोत बनेको छ। रुद्राक्ष उत्पादनका हिसाबले भोजपुर जिल्ला निकै राम्रो क्षेत्र मानिन्छ। कृषकले एउटा बगान बाट एक लाखदेखि करोडसम्म आम्दानी गर्दै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.