|

पोखरा: म्याग्दीको धौलागिरी गाउँपालिका १ गुर्जा हिमाल आरोहणका लागि गएका चार नेपालीसहित नौ जनाको मृत्यु भएको छ। शनिबार राती आएको आँधीहुरीका कारण मृत्यु भएको आशंका गरिएको छ।

धौलागिरी गाउँपालिका १ का वडा अध्यक्ष झकबहादुर छन्त्यालका अनुसार गुर्जा हिमालको आधार शिविरमा हिमपात भएको छैन। ‘जहाँ यस्तो घटना भयाे नी त्यहाँ थुप्रै बोटविरुवाहरू ढलेका छन्,’ उनले भने, ‘हिउँ त परेकै छैन। यो पक्कै पनि आँधीहुरीले गर्दा हुनुपर्छ।’ घटनास्थलमा आरोही बास बसेको टेण्ट तथा उनीहरूका सरसामान जताततै छरिएको अवस्थामा भेटिएको त्यहाँका स्थानीयलाई उदृत गर्दै छन्त्यालले भने। 

म्याग्दी प्रहरी प्रमुख डिएसपी बीर बहादुर बुढाले पनि स्थानीयलाई उदृत गर्दै आँधीहुरी र तुफानकै कारण घटना भएको हुनसक्ने बताए। ‘हराएको त नौ जना नै हो, उनले भने, ‘तर स्थानीयको एउटा टोली त्यहाँ पुगेको छ। टोलीले दिएको जानकारी अनुसार भने घटना स्थलमा छ जनाको मात्रै शव भेटिएको भनिएको छ। 

छाला हेरेर चारजना विदेशी र दुई जना नेपाली हुन सक्ने अनुमान गरिएको छ।’ अझै घटना स्थलमा प्रहरी पुग्न सकेको छैन। नजिकको प्रहरी चौकीबाट घटनास्थलमा पुग्न तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ। ‘घटना स्थलमा भएका ठूला ठूला सामग्रीहरू पनि यत्रतत्र छरिएका छन्, विरुवाहरू भाँचिएको छन्। त्यसैले आँधी तुफान हो भन्ने अनुमान गाउँलेको छ।’ 

शनिबार राती घटना भए पनि बिहान मात्रै घटनाबारे जानकारी आएको थियो। जानकारी आएलगत्तै काठमाडौँबाट उडेको सिम्रिक एयरको हेलिकोप्टर मौसममा आएको खराबीको कारण घटनास्थलमा अवतरण नगरी फर्किएको थियो।

मृतकहरूको शव ल्याउनको पुन अर्काे हेलिकोप्टर ल्याउने तयारी भइरहेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.