|

काठमाडाैं: आइसीसी टी-२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। शनिबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाली टोलीको स्वागतका लागि कुनै पनि खेल पदाधिकारी एयरपोर्ट पुगेका थिएनन्। क्रिकेट समर्थकको उपस्थिति पनि शून्य जस्तै थियो।

विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली टोलीका कप्तान पारस खड्काले कमजोर टोली सम्मिलित प्रतियोगिता भए पनि आफूहरूले जोखिम लिन नचाहेकाले सिनियर ए टोली गएको बताए। कप्तान खड्काले प्रतियोगितामा नयाँ र जुनियर खेलाडीहरूका लागि परीक्षण भएको धारणा राखे। साथै अवको प्रतियोगितामा बलिया टोलीबिरुद्ध खेल्नुपर्ने र त्यसका लागि अहिलेदेखि नै राम्रो तयारी गर्नुपर्ने बताए।

कप्तान खड्काले तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका प्रदीप ऐरीको प्रदर्शनबाट सन्तुष्ट रहेको तथा ललित राजवंशीले पनि आफूलाई प्रमाणित गरेको बताए।

मलेसियामा भएको प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जितेको हो। नेपालले म्यानमार, थाइल्याण्ड, मलेसिया, चीन र भुटानलाई हराएको थियो भने सिंगापुरबिरुद्धको खेल वर्षाका कारण रद्ध भएको थियो।

एशिया उपक्षेत्रीय छनोट बी बाट नेपालसहित मलेसिया र सिंगापुर अर्को चरणमा पुगेका छन्। उपक्षेत्रीय छनोट ए बाट युएई, कतार र कुवेत अर्को चरणमा पुगेका छन्। अब यी ६ टोलीबीच एशिया छनोट हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.