|

हुम्ला : जनता बैंक नेपाल लिमिटेडले हुम्लामा एकैपटक तीन शाखा बिस्तार गरेको छ। हुम्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालीकामा एकै पटक तीन शाखा विस्तार गरेको हो। 

शुक्रबारबाट तीनै शाखाबाट सम्पूर्ण बैंकिङ कारोवार सुरु भएको छ।हरेक स्थानीय तहमा बैंकिङ सेवा संचालन गर्ने नेपाल सरकारको लक्ष्य अनुसार जनता बैंकले हुम्ला जिल्लाका तीन गाउँपालिकामा नयाँ शाखा बिस्तार गरेको हो। पहिलो दिन सबै शाखामा उत्साहजनक कारोवार भएको अदानचुली शाखा प्रमुख हरिचन्द्र रेग्मीले बताए। 

जनता बैंकले बैंकिङ सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थानीय निकायमा आएकाले सबैलाई बैंकिङ सेवा लिन शाखा प्रमुख रेग्मीले आग्रहसमेत गरेका छन्। ग्रामीण भेगका बासिन्दालाई सेवा दिने उद्देश्यले खोलिएका बैंकले स्थानीय निकायमा हुने आर्थिक कारोवारलाई लक्षित गरेका छन्।

गाउँमै बैंक आएपछि स्थानीयलाई आर्थिक कारोवारका लागी जिल्ला सदरमुकाम धाउनुपर्ने समस्या टरेको अदानचुलीका स्थानीय व्यापारी वर्षे रोकायाले बताए। यस अघि दुई दिनको पैदल हिडेर स्थानीय बासिन्दा जिल्ला सदरमुकाम सिमकोट पुगी आर्थिक कारोवार गर्ने गरेका थिए।

सात गाउँपालिका रहेको हुम्लामा जिल्ला सदरमुकाम सिमकोट बाहेकका स्थानीय निकायमा जनाता बैंकले तीन, सिटिजन्स् बैंकले दुई, प्रभु बैंकले एक शाखा बिस्तार गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.