|

काठमाडौं :  देशभरका सामुायिक विद्यालयमा ७३ हजार ९ सय ३८ शिक्षक अभाव देखिएको छ। 

प्राथमक तहका शिक्षक बढी छन् भने निम्नमाध्यमिक र माध्यमिक तहमा भने अपुग रहेको खबर कान्तिपुर दैनिकमा छ।  प्राथमिक तह (आधारभूत १ देखि ५) मा ३ हजार ३ सय ८३ शिक्षक दरबन्दी बढी छ। निम्न माध्यमकि तह (आधारभूत ६ देखि ८) मा २५ हजार ४ सय २५ र माध्यमिक तह (९ र १०) मा २३ हजार ७ सय ४४ शिक्षक दरबन्दी कम छ। 

सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार विद्यालय र विद्यार्थी संख्याका आधारमा ७३ हजार थप शिक्षक तत्काल आवश्यक छ।  पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनका आधारमा सरकारले देशभरका सामुदायिक विद्यायका शिक्षको दरबन्दी मिलाउने प्रक्रिया सुरु भएको छ। कुनै विद्यालयमा आवश्यकताभन्दा बढी र ३ हजार विद्यालयमा शिक्षक दरबन्दी शुन्य छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.