|
प्रतीकात्मक तस्विर

विराटनगर : मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन्। विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई यनीहरूबाट करवापतको बक्यौता उठाउन हम्मेहम्मे परिरहेको समाचार कान्तिपुर दैनिकले छापेको छ।

कार्यालयले २०७४ ७५ मा ५९ कारोड ३३ लाख रुपैयाँ  कर उद्योगी व्यवसायीबाट उठाउनुपर्ने थियो तर उनीहरूबाट अहिलेसम्म सात करोड २१ लाख रुपैयाँ मात्र उठाएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए।

लामो समयदेखि आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क नबुझाउने ७२ वटा व्यापारिक फर्मका सञ्चालकको बैंक खाता, मालपोतमा जग्गा रोक्का राखेको थियो।
यसमध्ये ११ वटाले बक्यौता तिरेपछि रोक्का फकुवा गरिएको छ। अन्यको आयात निर्यातमा समेत यो वर्ष रोक लगाइएको छ। ‘पहिलो चरणमा बैंक खाता, घरघरेडीको किनबेच एवं आयात निर्यात रोक्का गर्यौँ’, कार्यालय प्रमुख गौतमले भने। ‘दोस्रो चरणमा पत्रपत्रिकामा नाम सार्वजनिक गर्ने र अन्त्यमा सम्पत्ति लिलामीसम्मको प्रक्रियामा जान्छौँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.