|

काठमाडौं : दशैं सुरुभएसँगै बैंकहरूमा चेक सटही र रकम लेनदेन बढेको छ। नेपाल क्लियरिङ हाउसले यस्तो कारोबार एकै दिन ४६ करोडभन्दा बढी गरेको छ।

बिहीबार मात्रै क्लियरिङ हाउसमा ४६ अर्ब ६१ करोड ५० लाख रूपैयाँ कारोबार भयो। त्यसमध्ये चेक क्लियरिङबाट ३८ अर्ब ९७ करोड र बैंक भुक्तानी प्रणाली (आईपीएस)मार्फत सात अर्ब ६४ करोड छ।

हरेक वर्ष दशैंअघि कारोबार बढ्छ। फूलपातीको अघिल्लो दिन सबैभन्दा धेरै क्लियरिङ हुने हाउसकी अप्रेसन म्यानेजर मुन्नी राजभण्डारीले बताइन्। गत वर्षभन्दा यसपालि कारोबार बढेको छ। क्लियरिङ हाउसमार्फत् पछिल्ला पाँच दिन (आइतबारदेखि बिहीबारसम्म)मा दुई खर्ब १६ अर्ब रूपैयाँ कारोबार भएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। त्यसमध्ये एक खर्ब ८३ अर्ब ३८ करोड चेक क्लियरिङबाट भएको हो । ३२ अर्ब ८० करोड चाहिँ आईपीएस प्रणालीमार्फत् भयो।

राष्ट्र बैंकले पैसाको लेनदेनलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने प्रक्रिया थालेको वर्ष बितिसक्दा पनि चेक साट्नेको संख्या हरेक वर्ष बढ्दो छ। अरु समयमा चेक क्लियरिङ र आईपीएस दुवै प्रणालीमार्फत दैनिक औसतमा ३० अर्ब रूपैयाँको ५० हजार पटक लेनदेन हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.