|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  साउदी अरबका पत्रकार जमाल खसोगीको हत्यामा साउदी सरकार जिम्मेवार रहेको पाइए कडा कारबाही गर्ने चेतावनी दिएका छन्। 

ट्रम्पले टर्कीको इस्तानबुलमा रहेको साउदी दूतावासबाट बेपत्ता पत्रकार जमाल खसोगीको हत्यामा साउदी अरबको हात भएको पाइएआफूलाई आक्रोशित पार्ने भन्दै कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।

अमेरिकी टेलिभिजन सीबीए न्यूजलाई दिएको अन्तर्वार्तामा उनले साउदी अरबसँगको ठेक्कापट्टा रद्द गर्ने भन्दा पनि सजाय दिने अन्य तरिका भएको र त्यसमा रुस र चीन पनि इच्छुक रहेको बताए। पत्रकार खसोगीको अवस्थाबारे साउदी सरकारले सत्यतथ्य पत्ता लगाउन आकाकानी गरेको आरोपसमेत ट्रम्पले लगाए। तर साउदी अरबले भने पत्रकार खसोगीको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ।

यसैबीच टर्कीका विदेशमन्त्री मेवलुत कावासोगलुकले खासोगीको हत्या भएको आशंकामा छानबिन गर्न साउदी अरबले स्वीकृति नदिएको बताएका छन्। साउदी राजपरिवारको आलोचक रहेका पत्रकार खासोगी टर्कीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासबाट गत अक्टोबर २ देखि बेपत्ता छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.