|

गत संस्करणाको विश्वकपमा खराब प्रदर्शनपछि लयमा फर्कन संघर्षरत जर्मनी अर्को युरोपियन जाइन्ट नेदरल्यान्डसँग स्तब्ध भएको छ। युइएफए नेसन्स लिग ‘ए’ अन्तरगतको समूह १ को खेलमा जर्मनी नेदरल्यान्डसँग ३–० ले पराजित भयो।

जर्मनीलाई स्तब्ध बनाउन भर्जिल भान डिजिक, मेम्फिस डिपे र जर्जिन्हो विज्नल्डमले गोल गरे।  नेदरल्यान्डको जोहान क्रुफ एरिनामा शनिबार राति भएको खेलमा जर्मनी खेलको ३०औं मिनेटमा पछि परेको थियो।

भर्जिल भान डिजिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको नेदरल्यान्डले खेल सकिन तीन मिनेट बाँकी रहँदा थप दुई गोल गर्न सफल भएको थियो। ८७औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्डको अग्रता २–० ले पारेको थियो । ९०औं मिनेटमा जर्जिन्हो विज्नल्डमले गोल गरेपछि जर्मनीले फराकिलो अग्रता बनाएको थियो।

पछिल्लो दुई खेलमध्ये जर्मनीले फ्रान्ससँग बराबरी खेल्दा पेरुमाथि २–१ को संघर्षपूर्ण जित निकालेको थियो। जितपछि नेदरल्यान्ड ग्रुप १ मा ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। हारपछि जर्मनी १ अंकसहित पुछारमा छ। यो ग्रुपमा फ्रान्स ४ अंक जोडेर शीर्ष स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.