|

काठमाडौं : शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बाँस्तोलाको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि आइतबार पार्टी कार्यालय सानेपामा दिउँसो १:३० बजेदेखि अपराहन ४ बजेसम्म राखिने छ। त्यसछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ। नेता बाँस्तोलाको निधनमा शोक र श्रद्धान्जली व्यक्त गर्न कांग्रेस केन्द्रीय समितिको आकास्मिक बैठक दिउँसो २ बजे बस्न लागेको समेत प्रवक्ता शर्माले जानकारी दिए। 

त्यस्तै, कांग्रेसले ७७ जिल्लामा नै गर्ने भनिएका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेकाे छ। नेपाली कांग्रेसले मूल्य वृद्धिकाे बिराेधमा ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेकाे थिए।

कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको निधन

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.