|

काठमाडौं :  गायिका शर्मिला राइको स्वरमा रहेको  आँखामा गाजलु सार्वजनिक भएको छ। मोडेल एलिसा राई अभिनित नयाँ म्युजिक भिडियोमा युवा गीतकार डी पी खनालको शब्द र  शंकर थापा स्माइलको संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ। आँखामा गाजलुुको अभिनयमा एलिसालार्इ आकाश राइले साथ दिएका छन्।

धेरै समयपछि पुन: भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ। गीतमा किशोर अवस्थामा रहेकी युवतीले आफ्नो मनमा लागेका भावनालाई सम्झिएर गरिएको प्रस्तुति देखाइएको निर्देशक रुम्बाले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.