पर्वत : म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका क्रममा ज्यान गुमाएकाहरुको शव निकाल्न शुरु गरिएको छ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीका अनुसार अहिलेसम्म घट्ना भएको ठाउँ गुर्जा बेश क्याम्पबाट एउटा मात्र शव निकालेर सजिलो ठाउँमा लगेर राखिएको छ। हेलीकोप्टर ईन्धन भर्नको लागि अहिले पोखरा गएका कारण फर्किएपछि पुन अरु शवहरु पनि निकालिने छ भने बेपत्ता भएका अन्य दुई जनाको पनि खोजी गरिने छ।
घटनास्थल आसपासमा हेलीकोप्टर अवतरण गर्न सक्ने ठाउँ नभएका कारण हेलीकोप्टर उडिरहेकै अवस्थामा प्राबिधिक उद्धारकर्ताहरुले डोरीमा झुण्डिएर खोँच र भिरालोमा रहेका अन्य बाँकी ६ ओटा शवहरु निकालिने छन्। घट्नास्थलमा रहेका शवहरु बाहिर निकाल्न र बेपत्ताहरुको खोजी गर्नको लागि आईतबार बिहान सात बजेबाटै सिम्रिक एयरको हेलीकोप्टर जाने भनिएको भएपनि गुर्जा हिमालको आसपासको मौसम नखुलेका कारण ढिलो गरी मात्र उद्धारको काम शुरु गरिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।