काठमाडौं : दशैँ मनाउन आफ्नो जन्मथलो फर्किनेहरुको लर्काे लागेको छ। महानगरीय ट्राफिक प्रहरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले अहिलेसम्म १८ लाखले उपत्यका छाडिसकेको बताएका छन्।
रोजगारी, अध्ययन तथा व्यवसायका लागि देशभरबाट काठमाडौं आएर बस्ने ठूलो जनसंख्या दशैँका लागि आ–आफ्नो घर फर्किने गर्छ। अझै उपत्यकाबाट पाँच लाख बाहिरिने अनुमान प्रमुख पन्तकाे छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।