|

भद्रपुर (झापा) : महिला हिंसा तथा बलात्कार, लागुऔषध नियन्त्रणविरुद्ध भद्रपुरमा मिनी म्यारथन सम्पन्न भएको छ। भद्रपुर नगरपालिका–८  का ले पुुरुष तथा महिलाको सहभागितामा पहिलो  झापा सदरमुकाममा कार्यक्रम गरिएको हो। 

'भद्रपुर रन'मा महिला र पुरूष गरी ९६४ जना दौडिएका थिए । प्रतियोगितामा पुरुषतर्फ भद्रपुर–१० का शरण गिरी प्रथम, भद्रपुर–१ का सुमन सोरेन द्वितीय, भद्रपुर–७ का रुपेश राई तृतीय भए। त्यस्तै महिलातर्फ सगरमाथा माविका सुस्मिता राई प्रथम, भद्रपुर–१ का आरजु भट्टराई द्वितीय र भद्रपुर ४ की सुविता टुडु तेस्रो भए।

पुरुष तथा महिला विजेताहरूले क्रमश: २१ हजार, १५ हजार, १० हजार प्राप्त गरे। भद्रपुर ८ स्थित सगरमाथा चोकमा आयोजित प्रतियोगिताको उद्घाटन स्थानीय ९४ वर्षिय वृद्ध केशव सिंह राईले गरेका थिए।

सगरमाथा चोकबाट पुरुष तथा महिला सामूहिक रुपमा दौडिँदै एसपी मोड पुगेपछि महिलाहरु त्यहाँबाट तीन किलोमिटर दौड पूरा गर्न किरात कोलोनिको बाटो हुँदै सगरमाथा चोक पुगेका थिए भने पुरुषहरूले ६.७ किलोमिटर दौड पूरा गर्न विमानस्थलबाट क्याम्पस गेट, अस्पतालचोक हुदै जनताचोकबाट सगरमाथा पुगेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.