|

कालिकोट : दशैँ आउन केही दिन मात्र रहँदा कर्णालीको अर्गानिक स्याउको माग उच्च छ। कर्णालीको अर्गानिक स्याउ अन्य ठाउँको भन्दा स्वादिलो भएका कारण माग उच्च रहेको हो । 

कर्णालीमा पाइने अर्गानिक स्याउको दशैँमा नासो तथा कोसेलीका रूपमा अरुलाई लैजाने चलन भएका कारणले पनि स्याउको माग उच्च छ। दशैँ तिहारका लागि कर्णालीबाट अन्य जिल्लामा जाने मानिसहरूले कोसेलीका रूपमा लैजाने भएका कारण कर्णालीका स्याउको माग उच्च रहेको कालिकोट मान्मका फलफूल व्यापारी मनऋषि आचार्यले बताए ।

‘यहाँबाट बाहिरी जिल्लामा जानेहरूले कोसेलीका रूपमा स्याउ धेरै लैजाने गरेका छन्’, उनले भने,‘दैनिक ३० देखि ३५ कार्टुन स्याउ एउटा पसलबाट जाने गरको छ।’

एक कार्टुन कर्णालीको अर्गानिक स्याउको एक हजार दुई सयदेखि एक हजार चार सय रुपैयाँसम्म बजार मूल्य रहेको स्याउ व्यापारी कृष्ण शाहीले बताए। ‘एक कार्टुन स्याउको बजार मूल्य एक हजार २०० देखि एक हजार चार सय रुपैयाँसम्म छ।’ उनले भने, ‘दशैँ नजिएका कारणले स्याउ बिक्री पनि विगतको भन्दा अहिले बढेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.