|

काठमाडौं : देशभरी शनिबार बिभिन्न घटना घटेका छन्। प्रहरी प्रधान कार्यलयको तथ्यांक अनुसार मकवानपुरको भिमफेदी गाउँपालिका २ बाट दुईजना लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारका २० वर्षिया बिरबल महतो र २५ वर्षिया रिनाकुमारी दास रहेका छन्।

उनीहरुलाई मकवानपुर प्रहरीले लागूऔषध डाईजेपाम पाँच सय एम्पुल, फेनारगन पाँच सय एम्पुल र नुरफिन पाँच सय ६१ एम्पुल सहित पक्राउ गरेको हो। वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५५२३ नम्बरको सुमो जाँचगर्दा उनीहरु पक्राउ परेका हुन्।

त्यस्तै प्रहरीले धुनषाबाट कटुवा पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ। एक थान नल कटुवा पेस्तोल र एक राउण्ड गोली सहित पक्राउ परेका हुन्। पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका-१९ का १९ वर्षीय रिकेश साह, सोही स्थान का १८ वर्षीय आशिष मण्डल र औरही गाउँपालिका-६ का २७ वर्षीय रामचन्द्र दासलाई पक्राउ गरेको हो।

त्यसै गरि काठमाडौं र भक्तपुरबाट अवैध रुपमा जुवातास खेल्ने २१ जानलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने ४७ वर्षीय आनन्द नाथ फुयालले संचालन गरेको खाध्य गोदाममा जुवातास खेलिरहेको अवस्थामा फुयाल समेत १५ जनालाई ९ बुक तास र नगद ६६ हजार ९ सय रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै भक्तपुर चाँगुनारायण नगरपालिका-७ काल्चा गाउँस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका बस्ने ५९ वर्षीय रामप्रसाद काफ्ले समेत ६ जनालाई ३ बुक तास र नगद ७७ हजार १ सय ४५ रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो।

शनिबार धनुषा, बझाङ र सोलुखुम्बुमा गरि ३ जना मृत अवस्थामा फेला परेका छन् । धनुषा औरही गाउँपालिका - का मनिता कुमारी यादव घर नजिकै रहेको धान खेतमा शनिबार मृत अवस्थामा पेला परेकी छिन्।

त्यस्तै बझाङ खप्तड छान्ना गाउँपालिका-६ का किसन थापा बझाङकै बपनाडुङ्ग्री भन्ने स्थानमा मृत फेला परेका हुन्। त्यसै गरि सोलुखुम्बु महाकुलुङ गाउँपालिका-५ गुदेलस्थितमा  सोताङ गाउँपालिका-५ शिबटार बस्ने ५५ वर्षीय कर्णबहादुर नेपालीको शव फेला परेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.