|

रोयल सोसाइटी अफ बायोलोजीले सन् २०१८ को 'फोटोग्रफार अफ दि इयर' पुरस्कारको घोषणा गरेको छ। उक्त पुरस्कार १७ वर्षीय ज्याक आलिवले प्राप्त गरेका छन्।

ज्याकले खिचेको फोटोमा झट्ट हेर्दा चितुवा जस्तो देखिने छेपारोका आँखा छन्। यो छेपारोको आँखाको जाली फैलिएको देखिएको छ जसमा जाडोमा पात झरेको रूखको जस्तो देखिने आकृति देखिएको छ। ज्याकलेउडिरहेका चराहरूको मनमोहक चस्वीर पनि खिचेका थिए।

ज्याकले आफूले खिचेका तस्वीर रोयल सोसाइटी अफ बायोलोजीलाई सन् २०१८ को 'फोटोग्राफर अफ दि इयर' र 'योङ फोटोग्राफर अफ दि इयर' प्रतियोगितामा प्रतिस्पर्धाका लागि पठाएका थिए। प्रतियोगिताको विषय भने 'प्याटर्न इन नेचर' राखिएको थियो। प्रकृतिले हरेक वस्तुलाई फरक रूप, रंग र शिल्प दिएको छ रहेको थियो।

जसमा किराहरूले पातहरू काटेको, किराहरूको हुल, सरीसृपको छालाको बनावट जस्ता चिजहरूलाई प्रतियोगितामा पटकपटक हेरिएको थियो। बेलायतको दक्षिणपश्चिमी राष्ट्र डेभोनका युवा फोटोग्राफरले पाएका हुन्। 

यी तस्वीरहरू बीबीसीबाट लिइएका हुन्। यी तस्वीर फोटो अफ दि इयर २०१८ को सर्टलिस्टमा परेका थिए।

हेर्नुहोस्, रोयल सोसाइटी अफ बायोलोजीले जारी गरेका वर्ष सन् २०१८ का विभिन्न फोटो पत्रकारले खिचेका उत्कृष्ट फोटोहरू:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.