|

पर्वत : म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहण गर्न जाँदा ज्यान गुमाउने नौ जनाको शव फेला परेको छ। 

घटना स्थलबाट आठ जना शवलाई काठमाडौं पठाउने तयारी भैरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए। एक जनाको शव म्याग्दीको बेनी अस्पतालमा पोष्टमार्टमका लागि लगिने भएको छ। धौलागिरी गाउँपालिका–१ गुर्जाका २९ वर्षीय नेत्रबहादुर छन्त्यालको शवलाई परिवारले जिम्मे लिने भएकाले काठमाडौं नलगिने प्रजिअ अधिकारीले बताए।

हिमआँधीमा ज्यान गुमाउने दक्षिण कोरियाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु, जुन मो जियोङ र सङ्खुवासभाको हटियाका ३९ वर्षीय छिरिङ भोटे, सङ्खुवासभाकै भोटेखोला गाउँपालिका–३ का २१ वर्षीय लाक्पा साङबु भोटे र सोलुखुम्बू घर बताउने फुर्वा भोटेको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए। हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोमा परी मृत्यु भएको हो।

घट्नास्थल आसपासमा हेलिकोप्टर अवतरण गर्न सक्ने ठाउँ नभएका कारण लाछाबाङमा हेलिप्याड निर्माण गरेर सबै शवहरुलाई एकै ठाउँमा जम्मा गरिएको थियो। हेलिकोप्टर उडिरहेकै अवस्थामा उद्धारकर्ताहरुले डोरीमा झुण्डिएर खोँच र भिरालोमा रहेका शवहरु निकालेका थिए। शवहरु निकाल्न आइतबार बिहानैदेखि सिम्रिक एयरको हेलिकोप्टर परिचालन गरिएको थियो।

हिमआँधीमा बेपत्ता भएका नौ जनाको शव भेटियो

गुर्जामा मृत्यु भएकाहरुको शव निकाल्न शुरु

गुर्जा हिमालमा आँधीहुरी अपडेट : चार नेपालीसहित नौ आरोहीको मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.