|

संखुवासभा : रक्तश्रावबाट जिल्ला अस्पताल खाँदबारीमा एक सुत्केरीको अकालमा मृत्यु भएको छ। खाँदबारी नगरपालिका–३ की २२ वर्षीया नन्दुमाया गुरुङको सुत्केरी हुन नसक्दा मृत्यु भएको हो। पाठेघरबाट लगातार रगत बग्न थालेको सात घण्टा पछि मात्र गुरुङलाई अस्पताल भर्ना गराइएको अस्पतालले स्रोतले जनाएको छ।

उनलाई अत्यधिक रक्तश्राव भएको र तत्कालै ओ पोजेटिभ रगत  आवश्यक परेको भए पनि  तत्काल  रगत उपलब्ध हुन नसकेकाले उनको  ज्यान गएको  बताइएको छ। रगतको खोजी धेरै गरिए पनि उनलाई चाहिने रगत उपलब्ध हुन नसक्दा उनको मृत्यु भएको थियो। गर्भवतीलाई अप्रेशन गर्दा तत्कालै रगत आवश्यकता पर्ने भए पनि धेरै समय खोजी गर्दासमेत रगत उपलतब्ध हुन नसक्दा  उनको मृत्यु भएको अस्पताल स्रोत भनाइ छ।  जिल्लामा ब्लड बैंक नहुँदा धेरै बिरामीले अकालमै ज्यान गुमाउनुपरेको  चिकित्सक डा.युवराज बस्नेतले बताए।

उनलाई अस्पताल ल्याउन निक्कै ढिला भइसकेको थियो, बच्चा बचाउन नसकेपछि आमा बचाउन खोज्यौ तर प्रयाप्त सुविधा नहुदाँ बचाउन नसको चिकित्सक बस्नेतको भनाइ छ । उनलाई अन्तिम अवस्थामा मात्र जिल्ला अस्पतालमा आफन्तले भर्ना गराउन पुर्‍याएका थिए। जसले गर्दा शनिबार बिहान ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ। अस्पतालका चिकित्सक बस्नेतले भने ‘उनको ३४ हप्ताको बच्चा थियो, समयमै अस्पताल ल्याउन नसक्दा ज्यान गुम्यो, समयमै ल्याएको भए आमालाई बचाउथ्यौँ।‘

 गुरुङलाई पटकपटक जिल्ला अस्पतालमा गर्भ जाँच गराउन आउँदा सर्तक हुन सुझाब दिएको बस्नेतले बताए । गुरुङलाई गर्भ जाँच गराउन आएको बेला नै सुविधा सम्पन्न स्वास्थ्य संस्थामा जाने सल्लाह जिल्ला अस्पतालले दिएको थियो । तर गुरुङ आर्थिक अवस्था निकै कमजोर भएकाले सुविधा सम्पन्न स्थानमा लैजाने नसकिएको उनको परिवारले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.