|

सुर्खेत : सुर्खेतमा १५ हजार घुससहित प्रहरी निरीक्षक र प्रहरी जवान पक्राउ परेका छन्। पन्चपुरी नगरपालिका २ सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट १५ हजार नगद घुस लिँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका हुन्।

सुनचाँदी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजीकरण गरी छोडिदिने सर्तमा सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त प्रमुख जंगबहादुर डाँगीले बताए। पक्राउ परेका दुवैलाई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.