|
एजेन्सी

अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन्। आउँदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरूले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन्।

उनीहरूले 'निलोलाई मतदान' लेखेका ठूला ब्यानर पनि फहराएका थिए। प्रदर्शनकारीहरूले ट्रम्पलाई 'महिला विरोधी एजेण्डा' बोकेको राष्ट्रपतिका रूपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा सहयोग गर्न सन्देश प्रवाह गरेका थिए।

निर्वाचन लक्षित र्‍याली डाउनटाउन पार्कबाट सुरु भएको थियो। र्‍यालीमा सहभागीहरूलाई डेमेक्राट्सका तर्फबाट हिलारी क्लिन्टनले भिडियोमार्फत् सम्बोधन गर्दै आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेकी थिइन्। ट्रम्प प्रशासनलाई उत्तरदायी र जिम्मेवार बनाउन आफ्नो पक्षलाई जिताउनु पर्ने उनको भनाई थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.