समाज

पर्वतका अनिश बने नवौं लिगलिगे राजा
SHARES

फाइल फोटो
असोज २८, २०७५

    गोरखा ः यसवर्षको लिगलिगे राजा पर्वतका अनिश थापा भएका छन्। गोरखा र लम्जुङको सिमानामा रहेको चेपे र मर्स्याङ्दीको दोभानदेखि लिगलिगकोटसम्मको १३.५ किलोमिटर ५८.२५ मिनेटमा पार गर्दै थापा राजा भएका छन्। 

    १२२ जना धावकलाई पछि पार्दै उनी राजा बनेका हुन्। थापालाई श्रीपेच पहिराएर पालुंटार नगर परिक्रमा गराउने कार्यक्रम छ। एक वर्षका लागि राजा भएसँगै थापाले ६० हजार रुपैयाँ नगद पुरस्कार समेत पाए। ४०० वर्षअघि दौडेर लिगलिगे राजा हुने परम्परालाई जगाइराख्न लिगलिगे दौडको आयोजना गरेको अभियानले जनाएको छ।

    इतिहासअनुसार लम्जुङका राजकुमार द्रव्य शाह चेपेघाटबाट लिगलिगकोटसम्म दौडेर राजा बनेका थिए। सोही इतिहासको सम्झनामा बिगत नौ वर्षदेखि लिगलिगकोट विकास अभियानले दौड प्रतियोगिताको आयोजना गर्ने गरेको छ। त्यस्तै बाग्लुङका तीर्थ पुन दोस्रो र नेपाली सेनाका रामजी बस्नेत तेस्रो बन्न सफल भए। 

    दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पाए। त्यस्तै स्थानीय महिलातर्फको दौडमा सुनिता गिरी प्रथम भइन्। खुल्ला महिलातर्फको दौडमा पुष्पा भण्डारी र भेट्रानतर्फको दौडमा धर्म महर्जन पहिलो भएको स्थानीय धीरज थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]