|

लहान : बलात्कार तथा यौनजन्य अपराधविरुद्ध जिल्लामा अभियान जारी रहेकै बेला सप्तरीको दक्षिणी सीमावर्ती डाकनेश्वरी नगरपालिकाकी १६ वर्षीया युवती बलात्कृत भएकी छन्।

बलात्कारमा संलग्न रहेको अरोपमा पक्राउ गरिएका डाकनेश्वरी नगरपालिका २ भुतही गाउँका २२ वर्षीय युवकविरुद्ध प्रहरीले जबरजस्ती करणीको मुद्दा चलाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार स्थानीय २२ वर्षीय ओमप्रकाश साहविरुद्ध जबरजस्ती करणीको मुद्दा चलाइएको हो।

आरोपी साहले असोज २५ गते राती पिसाव गर्न घर बाहिर निस्केकी १६ वर्षीया युवतीलाई मुख थुनेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आरोपी साहले पिसाव गर्न बाटोतिर जाँदै गरेकी युवतीलाई आफ्नो नियन्त्रणमा लिएर मुखमा रुमालले बाँधेर जबरजस्ती करणी गरेका थिए।

घटनाको भोलिपल्ट पीडित युवतीले प्रहरीमा किटानी जाहेरी दिएपछि आरोपी साहलाई नियन्त्रणमा लिई सप्तरी जिल्ला अदालतबाट जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

नौ महिनामा ४० बलात्कार

मानवअधिकारको क्षेत्रमा क्रियाशिल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीका अनुसार पछिल्लो पुस दोस्रो हप्तादेखि असोज दोस्रो हप्तासम्म नौ महिनाको अवधिमा जिल्लामा ४० वटा बलात्कारको घटना भएका छन्। इन्सेकका सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेलका अनुसार जिल्लाका विभिन्न ठाउँमा पछिल्लो नौ महिनाको अवधीमा दुई वर्षीया बालिकादेखि ७० वर्षीया वृद्धासमेत गरी ४० जना बलात्कृत भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.