अर्थ

१३ करोडको चिनी सुक्खा बन्दरगाहको गोदाममै थन्कियो
SHARES

असोज २८, २०७५

    वीरगञ्ज : साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएपछि उपभोक्ता महंगोमा चिनी किन्न बाध्य भएका छन् ।

    दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको गुजरातस्थित रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको थियो। तर ढिलो गरी आएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किएका कारण हालसम्म सो चिनी बजारमा आउन नसकेको हो।

    'उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ३१ गतेसम्म भन्सार क्षेत्रमा आइपुगेको चिनी छोड्ने भनी पत्र पठाएको हो' सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत धनबहादुर बरुवालले भने, 'तर साल्टट्रेडिङ कर्पोरेशनको चिनी ढिलो गरी असोज ६ गते आएकाले सो चिनी हालसम्म गोदममै थन्किएर रहेको छ।'

    विसं २०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषदको निर्णयलाई आधार मानी वाणिज्य विभागले चिनीको जाँच पास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ। उनले सुक्खा बन्दरगाहको गोदाममा राखिएको सो चिनी छाड्नेबारे विभागबाट कुनै पनि पत्र नआएकाले यसबारेमा अहिले केही भन्न नसकिने बताए।

    यता साल्टट्रेडिङ कर्पोरेशनले सो चिनी आयात गर्न प्रतित् पत्र जारी गरिसकेको थियो। चिनी आपूर्तिकर्ता गुजरातको रेणुका सुगर मिलले चिनी नेपाल पठाउन रेल्वे बुक गरेको भए पनि बुक गरेको रेल्वे जाम र चापका कारण १५ दिन ढिलो गरी सो चिनी सुक्खा बन्दरगाहमा आइपुगेकाले चिनी गोदाममै थन्किएको साल्टट्रेडिङ लिमिटेड अञ्चल कार्यालय पर्साका प्रमुख अमोद लामिछानेले बताए। उनले भने, 'चिनी छुटाउने सम्बन्धमा केन्द्रीय कार्यालयसँग पत्राचार भइरहेको छ।'

    विगत २२ दिनदेखि सो चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएकाले उपभोक्ता महंगोमा भारतीय चिनी खरीद गर्न बाध्य भएका हुन्। चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्दै आएको छ।

    सरकारले चिनीमा भन्सार बढाउँदासमेत भारतबाट चिनी आउनेक्रम नरोकिएपछि संघीय सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लगाएका कारण असोज १ गतेदेखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल आएको छैन। सरकारले चिनी आयातमा रोक लगाएपछि यहाँका उपभोक्ता भारतीय चिनी प्रतिकेजी रु ७० का दरले किन्न बाध्य छन्।

    सुक्खा बन्दरगाहमा रोकिएको चिनी हालसम्म बजारमा आउन नसक्दा तस्करी गरी ल्याएको भारतीय चिनी महंगो दरमा खरिद गरी उपभोक्ताले दशैं मनाउनुपर्ने भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]