|

काठमाडौं : नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको अन्त्येष्टि गरिएको छ। उनको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि  गरिएको हो।

उनको पार्थिव शरीरमा भाइका छोरा नवीन बाँस्तोलाले दागबत्ती दिए। यसअघि बाँस्तोलाको पार्थिव शरीरलाई कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।

पूर्वमन्त्री बाँस्तोलालाई श्रद्धाञ्जली दिन कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायत केन्द्रीय समितिको पदाधिकारी तथा सदस्यहरू सानेपा पुगेका थिए भने नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पौडेल पनि सानेपा पुगेका थिए।

२०६९ पुस १४ गते मस्तिष्कघात भएदेखि उनी अर्धचेत अवस्थामा थिए। उनको आइतबार राति ९ः२० मा ७४ वर्षको उमेरमा निधन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.