|

काठमाडौं : कर्मचारीको व्यापक असन्तुष्टिका कारण स्थानीय तह र प्रदेशमा समायोजन गर्न नसकेको सरकारले अन्ततः एक तह बढुवा गर्ने गरी समायोजन गर्न लागेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय र प्रदेशमा समायोजन भएर जाने कर्मचारीलाई एक तह बढुवा गर्ने गरी ऐन संशोधन गर्ने गृहकार्य सुरु गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पहलमा मन्त्रालयले अध्यादेशमार्फत कर्मचारी एने संशोधन गर्न लागको समाचार नयाँ पत्रिका दैनिकमा छ।

हालको समायोजन ऐनले कर्मचारीका लागि कनुै आर्थिक प्याकेज नल्याउँदा सामायोजक जटिल बनेछि नयाँ विकल्पको खोजी गरिएको मन्त्रिपरिषद कार्यालयका एक सहसचिवले बताए उनका अनुसार एक तह बढुवा दिएर समायोजनमा पठाउने विकल्पमा गृहकार्य सुरु भएको छ। यो विकल्पअनुसार संघको उपसचिव प्रदेशमा जाँदा सहसचिव भएर जानेछन् भने अधिकृतहरु उपसचिवमा बढुवा भएर तह र प्रदेशमा खटिनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.