|
फोटाे : डा‍. नवराज कट्टेलको फेसबुकबाट

काठमाडौं : विश्व संस्कृत सम्मेलनमा सहभागी हुन क्यानडा गएका नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीले लिएको १० लाख फिर्ता गर्नुपर्ने भएको छ। बिनास्वीकृति उनीहरू कार्यक्रममा सहभागी भएपछि सरकारद्वारा गठित छानबिन समितिले पेस्की फिर्ता गर्नुपर्ने ठहरसहित आर्थिक दुरुपयोग भएको जनाएको हो।

कान्तिपुर दैनिककाअनुसार समितिले विश्वविद्यालयका पदाधिकारी बिनास्वीकृति क्यानडामा विश्व संस्कृत सम्मेलनमा सहभागी भएको ठहर गरेको हो। क्यानडा गएका सात जनाले बिनास्वीकृति लिएको १० लाख रुपैयाँ पेश्की उनीहरूबाट असुलउपर गर्न समितिले सरकालाई सुझाव दिएको छ। उनीहरू निजी प्रयासमा क्यानडा पुगेकाले पेश्की रकम विश्वविद्यालयको खातामा फिर्ता गर्नुपर्ने समितिको भनाइ छ।

विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक काशीनाथ न्यौपाने, वाल्मीकि विद्यापीठका प्राचार्य गणेश घिमिरे, सहप्राध्यापकहरू लेखनाथ निरौला र डा‍. नवराज कट्टेल, उपप्राध्यापकहरू केशव कोइराला र प्रेमराज न्यौपाने सम्मेलनमा सहभागी थिए।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट जबरर्जस्ती फर्काएपछि भ्रमण विवादित बनेको थियो। उपकुलपतिलाई विमानस्थलबाटै फर्काइएको विषयमा भने समितिको प्रतिवेदन मौन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.