|

मुगु : छायानाथ–रारा नगरपालिका–१३ थार्प गाउँमा मदिरा पाइँदैन। उत्पादन र सेवन दुवै हुँदैन। मदिराका सम्बन्धमा सरकारी नियम कानुन के भन्छ, त्यो गाउँवासी जान्दैनन्।

कान्तिपुर दैनिकमा समाचार छ, उनीहरू आफ्ना आराध्य देव मष्ट देवताको डरले गाउँलाई मदिर निषेधित बनाएका हुन्। १३० घरधुरी रहेको थार्पका बासिन्दामा मदिरा सेवन गरे वा बिक्रीवितरण गरे मष्ट देवताले सजाय दिन्छन् भन्ने मान्यता रहेको स्थानीय दलित संघका अध्यक्ष बाँकीलाल नेपालीले बताए।

‘मष्ट देवताकै कारण गाउँवासी गलत काम गर्दैनन्’, स्थानीय पुरीलाल सावतले भने, ‘मदिरा निषेध हुँदा गाउँमा हिंसा र विकृति खासै छैन।’ मष्ट देवताप्रति गाउँवासीको ठूलो आस्था छ। घर बनाउँदा, विवाह गर्दा, गाउँबाट बाहिर निस्किँदा मष्ट देवताको पुजारीबाट साइत हेराउने चलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.