|

काठमाडौं : बैंकिङ कसुरका २० आरोपीको घरठेगाना पत्ता लगाउन सर्वोच्च अदालतलाई कठिन भइरहेको छ। आर्थिक अभियान दैनिकका अनुसार उनीहरूका नाममा म्याद सूचना जारी गरिसकिइको छ।

आरोपपत्रमा देखाइएको घरठेगाना खोज्दै जाँदा पनि उनीहरू नभेटिएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो। यच्च अदालतले गरेको फैसलामा चित्त नबुझेका कारण नेपाल सरकारले ती आरोपीहरूलाई हदैसम्मको कारबाही माग गर्दै विभिन्न मितिमा सर्वोच्च अदालतमा पुनरावेदन माग गरेको थियो। 

सो पुनरावेदमाथि गरिएको प्रारम्भिक सुनुवाइपछि आरोपीहरूलाई उपस्थित गराउन इजलासले आदेश दिएको थियो। सो आदेशबमोजिम अदालत प्रशासनले २० आरोपीको नाममा म्याद सूचना जारी गरेको थियो।
ती आरोपीहरूको नामको घर ठेगानामा म्याद सूचना लैजाँदा उनीहरूलाई फेला पार्न नसकिएको बताइएको छ। उनीहरूको नाममा जारी भएको म्याद ‘बेपत्ते’ भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.