|

काठमाडौं : दशै मनाउनका लागि आइतवार साँझसम्म करीव २३ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाडे पनि राजधानीको मुख्य शहरमा भीड भने घटेको छैन। घटस्थापनादेखि घर फर्किने यात्रुको चाप बढ्न थालेको थियो। उपत्यकाका छिमेकी जिल्ला तथा हवाई सुविधा भएका यात्रु ३० गतेसम्म घर फर्किने अनुमान महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको छ। 

महाशाखाले यो वर्ष दशै मनाउन काठमाडौंँ उपत्यकाबाट ४० लाख सर्वसाधारण बाहिरिने अनुमान गरेको छ। महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले कात्तिक १ गतेपछि मात्र काठमाडौं उपत्यकामा ट्राफिको चाप घट्ने बताए। 

त्यस्तैं, उपत्यकाबाट बाहिरिने सवारी साधनको संख्या बढे पनि भित्रिने साधनको सङ्ख्या भने कम हुदै गएको छ। ट्राफिक प्रहरी प्रवक्ता राजकुमार लम्सालले भित्रिने सवारी साधनहरुको संख्या दैनिक दुई हजारमा झरेको जानकारी दिए। 

काठमाडौं उपत्यकाका छ वटा नाकामध्ये सबैभन्दा धेरै यात्रु नागढुङ्गा र जगाते साँगा भक्तपुरबाट बाहिरिएका छन्। त्यसपछि फर्पिङ, मुड्खु र टोखाबाट यात्रु बाहिरिएका छन्। ती नाकामा कुकु सहितको सुरक्षा चेकजाँचको ब्यवस्था गरिएको जानकारी प्रहरीले दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.