|

काठमाडाैं : नेपालका विश्व चर्चित स्टार बलर सन्दिप लामिछानेले  युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटको डेब्यु खेलमा दुई विकेट लिएका छन्।

एपीएल टिम नगरहर लिओपार्डसमा रहेका सन्दीपले युएइ पुगेपछि पहिलो पटक टिममा मौका पाएका थिए। आइतबार राति पक्टिया प्यान्थर्सविरुद्धको खेलमा मैदान उत्रंदै एपीएलमा डेब्यु गरेका हुन्। र, उनले डेब्यु खेलमा दुई विकेट लिंदै आफ्नो प्रभाव कायम राखेका छन्।

मलेसियामा सम्पन्न आईसीसी विश्व टी–२० एसिया पुर्वि क्षेत्रिय एसिया छनोट खेलेर सन्दीप त्यहीँबाट युएई पुगेका थिए। युएईको शारजाहमा सन्दीपले क्यामरोन डेल्पोर्टलाई ६ तथा सिकन्दर राजालाई सुन्य रनमा पेभेलियन फर्काए। सन्दीपले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। तर, सन्दीपले आफ्नो टोलीलाई जित दिलाउन भने सकेनन् । उक्त खेलमा सन्दीपको टिम ७ विकेटले पराजित भयो।

लिओपार्डसले दिएको १२७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्यान्थर्सले १४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। प्यान्थर्सका कप्तान मोहमद शाहजादले अविजित ७८ रन जोडे। यस्तै इह्सनुल्लाह जनतले २५ तथा समिउल्लाह शेनवारीले अविजित १९ रन जोडे । लिओपार्डसका सन्दीपले २ र मुजिब उर रहमानले एक विकेट लिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लिओपार्डसले पुरै २० ओभरमा अलआउट हुँदै १२६ रन जोडेको थियो। ओपार्डसका रहमत साहले ३२ तथा जोनसन चार्ल्सले २२ रन जोडे। कप्तान बेन कटिङले २१ रन जोड्दा सन्दीप सुन्य रनमा अविजित रहे। लिओपार्डसलाई सस्तैमा समेट्न प्यान्थर्सका जिउर रहमानले ३ विकेट लिए । त्यस्तै इस्रु उडाना र साहिद अफ्रिदीले समान २–२ विकेट लिए। जितसंगै प्यान्थर्स ६ खेलबाट ८ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको  । पराजित लिओपार्डस ७ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.