|

जर्मनीमा निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ। एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो।

मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्। बिमान चालक भने सामान्य घाइते भएका छन्। विमानस्थलबाट विमानले उचाई लिने क्रममा एक्कासी खसेको बताइएको छ। मौसम सफा भएकै अवस्थामा विमान दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्।

दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.