|

उदयपुर : जिल्लाको दुर्गम गाउँपालिका ताप्ली गाँउपालिकामा मोबाइल फोन र इन्टरनेट सेवा सञ्चालन भएको छ। वडा नं. ४ ठानागाउँमा रहेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएसँगै मोबाइल फोन र इन्टरनेट सेवा सुरु भएको हो।

ठानागाउँ टाउकेमा दुई वर्षअघि निर्माण गरिएको जिएसएम मोबाइल फोनको टावर सञ्चालनमा आएकाले सेवा सुरु भएको गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले जानकारी दिए। ‘गाउँपालिकाको केन्द्र रुपाटारमा फोनको नेटवर्क नहुँदा सूचना सम्प्रेषणमा समस्या हुँदै आएको थियो,’ उनले भने, ‘टावर सञ्चालनसँगै गाँउपालिकाका सबै वडा र खोटाङ जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा मोबाइल फोनको पहुँच पुगेको छ।’

टेलिकमले सेवा सुरु गरेसँगै स्थानीयहरुले खुसी व्यक्त गरेका छन्। ‘टावर सञ्चालन नहुँदा नेटवर्क खोज्नु हिँड्नु पर्ने बाध्यता थियो,’ स्थानीय विद्यालयका शिक्षक मिलन तामाङले भने, ‘त्यो समस्या टरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.